धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित मजुवामा ट्रकले ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु भएको छ ।
ट्रकको ठक्करबाट सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।उनीहरु दुवै जना बागेश्वरी माध्यामिक विद्यालयको कक्षा आठमा अध्ययनरत थिए ।
काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश २–००१ ख ८७१३ नम्बरको ट्रकले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । ट्रकले सोही दिशातर्फ जाँदै गरेको अर्को ट्रकलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने सवारी र चालक गजुरी प्रहरीको नियन्त्रणमा रहेको धादिङका प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिएका छन् । दुर्घटना पछि स्थानीयले पृथ्वी राजमार्ग अवरुद्ध गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्