Ads

प्रधानसेनापति आइतबार बेलायत जाँदै


काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा असोज २१ गते आइतबार बेलायतको औपचारिक भ्रमणमा जाने भएका छन् ।

बेलायतका प्रधानसेनापति जनरल सर प्याट्रिक सान्ड्रेसको निमन्त्रणामा असोज २६ गतेसम्म हुने प्रधानसेनापतिको बेलायत भ्रमणबारे नेपालका लागि बेलायतका राजदूत रब फेनसँग बुधबार जङ्गी अड्डामा छलफल भएको छ ।

त्यस अवसरमा उनीहरूबीच पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू