Ads

हाब्रेको संरक्षण गर्न कुकुर र बिरालोलाई रेबिजविरुद्ध खोप


ताप्लेजुङ\ ताप्लेजुङमा साढे चारसय कुकुर र बिरालोलाई रोविजविरुद्धको खोप र भिटामिन खुवाइएको छ । दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे) को संरक्षण गर्न कुकुर र बिरालोलाई रेबिजविरुद्ध खोप लगाइएको हो ।

रेबिजविरुद्धको खोपसँगै कुकुर र बिरालोलाई भिटामिन पनि खुवाइएको छ । रेडपान्डा संरक्षणको कार्यमा क्रियाशील हिमाली संरक्षण मञ्च नामक संस्थाले विगतदेखि प्रत्येक वर्ष कुकुरको बन्ध्याकरण गर्ने, रेबिजविरुद्धको खोप लगाउने र भिटामिन खुवाउँदैआएको छ । सोही अभियानलाई निरन्तरता दिँदै यसवर्ष पनि घरपालुवा तथा सामुदायिक कुकुर र बिरालोलाई रेबिजविरुद्ध खोप र भिटामिन दिएको हो ।

हिमाली संरक्षण मञ्च ताप्लेजुङका कार्यक्रम संयोजक रमेश राईका अनुसार यसवर्ष ४१४ वटा कुकुर र ३७ वटा बिरालोलाई रेबिजविरुद्ध खोप लगाइएको छ । कुकुर र बिरालोको सोही सङ्ख्यालाई भिटामिन खुवाइएको राईले जानकारी दिए । उनका अनुसार रेडपान्डा पाइने र वासस्थान क्षेत्रनजिक बस्तीमा रहेका कुकुर र बिरालोलाई रेबिजविरुद्ध खोप तथा भिटामिन उपलब्ध गराइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू