Ads

दुर्गन्ध भेटिएपछि पाउरोटी उत्पादनमा रोक


दमक \ झापाको दमक नगरपालिकाले बजार अनुगमनको क्रममा अनुगमन गर्दा मापदण्ड पूरा नगरी र फोहोरमैलायुक्त रूपमा पाउरोटीलगायतका विभिन्न बिस्कुटहरू उत्पादन गर्दैआएको न्यूहिमालय पाउरोटी उद्योगको उत्पादनमा रोक लगाएको छ ।

मापदण्ड पूरा गरेर मात्र उत्पादन गर्नेगरी रोक लगाइएको नगरपालिकाले जनाएको छ । उद्योगमा सरसफाइको कमी, असुरक्षित तवरले खाद्य वस्तु उत्पादन र भण्डारण गर्नेगरेको पाइएकाले उत्पादनमा रोक लगाइएको दमक नगरपालिका उपप्रमुख एवम् दमक बजार अनुगमन समिति संयोजक रेगिना भट्टराईले जानकारी दिएकी छन् ।

एक हप्ताभित्र उद्योग, उत्पादन स्थल सरसफाइ, खाद्य सामग्री उत्पादन र भण्डारणको उचित व्यवस्थापन गर्न निर्देशन दिइएको उनले जनाईन् । बिस्कुट बनाउन प्रयोग गरिने सामाग्रीदेखि लिएर त्यहाँ उत्पादन भएको बिस्कुटहरू सबै फोहोर र खान अयोग्य भेटिएको बत्ताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू