Ads

सेना उच्च सतर्क अवस्थामा


काठमाडौँ\ देशभरका विभिन्न स्थानमा धार्मिक तनावको स्थिति देखिँदा सरकारले नेपाली सेनालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एन पी साउदसहित सबै सुरक्षा निकायको प्रमुख रहेको राष्ट्रिय सुरक्षा परिषद्को बुधबार सिंहदरबारमा बसेको बैठकले सेनाका तलैसम्मका युनिटहरुलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको हो।

नेपालगञ्ज,धरान र मलंगवाका अप्रिय घटनाहरुपछि नेपालगञ्जमा पनि हिंसा देखिएपछि बुधबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो।

Ads

सम्बन्धित पोष्टहरू