Ads

गण्डकी अध्यक्षमा शर्मा, बाँकि को को ?


कास्की\ नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट म्याग्दीका नवराज शर्मा अध्यक्षमा निर्वाचित भएका छन्। शर्माले अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

राती अवेर प्राप्त मतपरिणम अनुसार शर्माले ५ सय ३१ मत पाउदाँ अधिकारीले ३ सय ६५ मत मात्र प्राप्त गरे। शर्मा यसअघि पनि अध्यक्ष थिए । शर्मालाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको साथ थियो ।

उपाध्यक्षमा शर्मा प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भए। गुरुङले ५ सय ३४ मत पाउदाँ उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे । त्यस्तै सचिवमा लमजुङका धनञ्जय दवाडी ५ सय २० मतका साथ विजयी भए। सचिवका अर्का उम्मेदवार कास्कीका रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरी पराजित बन्न पुगे ।

त्यसैगरी उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उनका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याए । उपसचिव महिलातर्फ पर्वतकी मञ्जु अधिकारी प्यासीले ५ सय ३१ मत ल्याएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत मात्र गरिन् ।

मतदानमा कुल ९ सय ८ प्रतिनिधि मध्ये ८ सय ९६ जनाले मतदान गरेका थिए। ३३ वटा विद्युतिय मेसिनमार्फत मतदान भएको थियो । अधिवेशनमा १ सय ६२ पदका लागि ३ सय ८२ जनाको उम्मेद्वारी परेकोमा ४५ पदमा भने सर्वसम्मती भएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू