Ads

पूर्वराष्ट्रपति भण्डारीद्वारा सामाजिक एकता र सद्भावका लागि आव्हान


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक एकता र सद्भावका लागि सार्वजनिक आव्हान गरेकी छिन् । प्रर्वराष्ट्रपति भण्डारीले आज एक सन्देश सार्वजनिक गर्दै यस्तो आव्हान गरेकी हुन् ।

उनले भनेकी छिन् ‘नेपाली समाजमा सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक एवं अन्तरसामुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न हुनेगरी देशका कतिपय स्थानहरूमा भइरहेका क्रियाकलापहरूका सन्दर्भमा म सबैमा जिम्मेवार बन्न, धैर्य धारण गर्न र संयम अपनाउन हार्दिक अनुरोध गर्दछु । समाजमा शान्ति खल्बलिने तथा प्रचलित कानुनको पालनामा प्रतिकूल असर पर्नेगरी नेपाली जनतालाई नै एकअर्काविरुद्ध उभ्याउने गतिविधिमाथि मलजल गर्न मिथ्या सूचना र झूटा समाचारको समेत उपयोग भैरहेकोतर्फ समेत म सबैको ध्यान आकृष्ट गर्न चाहन्छु ।’

उनले हाम्रो संविधानले पनि “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो” भनी नेपाल राष्ट्रलाई परिभाषित गरेको बताएकी छिन् ।

हेर्नुहोस् विज्ञप्तिको पूर्णविवरण यस्तो छ :

Ads

सम्बन्धित पोष्टहरू