Ads

भूकम्प प्रभावित बझाङमा प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको अवस्था बुझ्न बझाङ पुगेका छन् ।

शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै प्रधानमन्त्री प्रचण्ड बझाङ पुगेका हुन् ।

उनीसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद र प्रतिनिधिसभा सदस्य भानुभक्त जोशी पनि छन् ।

क्षतिको अवलोकन गरी राहतको प्रबन्धका लागि प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा गएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ । उनी आजै काठमाडौं फर्कने तालिका रहेको सचिवालयले जानकारी दियो ।
बझाङ केन्द्रविन्दु बनाई मंगलबार ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भुकम्पले सुदूरपश्चिम प्रदेशका धेरै जिल्लामा क्षति पुर्‍याएको छ । बझाङमा एकज नाको मृत्यु भयो भने प्रदेशभर ७६ वटा घर भत्किए । तीमध्ये बझाङका ६४, बाजुराका ९, बैतडीका दुई र अछामका एक घर छन् ।

Ads

सम्बन्धित पोष्टहरू