काठमाडौं । पोखराको लेकसाइडमा एक चिनियाँ पर्यटकले हाम फालेका छन् । पोखराको लेकसाइडस्थित एक होटलको तेस्रो तलाबाट हामफालेका ती चिनियाँ पर्यटकको उद्धार गरी उपचार गरिएकोमा उनको मृत्यु भएको छ ।
गत बिहीबार राति पौने १ बजेतिर तेस्रो तलाबाट हामफालेका चिनियाँ नागरिक ४१ वर्षीय सन ग्याङ्ग पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
मध्यरातमा हामफालेपछि गम्भीर घाइते भएका उनलाई सुरुमा गण्डकी मेडिकल कलेजमा लगिएको तर त्यहाँ उपचार सम्भव नभएपछि पोखरा अस्पताल लगिएको थियो तर उपचारको क्रममा नै उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनको शुक्रबार दिउँसो निधन भएको हो ।
उनको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । उनी दुई हप्तादेखि सोही होटलमा बस्दै आएका थिए । उनले आत्महत्याको प्रयास गरेको हो कि चिप्लिएर लडेको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्