Ads

एमाले उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत


काठमाडौं\ नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत चयन भएका छन्।

अध्यक्ष पदमा चन्द्र रिजालको उम्मेदवारी परे पनि पछि उनले फिर्ता लिएपछि पराजुली सर्वसम्मत चयन भएका हुन्। पराजुली यसअघि पनि अध्यक्ष थिए।

अध्यक्षमा पराजुलीसहित सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन्।

उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार सर्वसम्मत चयन भएका हुन्।

एमालेमा भूगोलतर्फ ७ र गैरभूगोल ९उपत्यका विशेष० गरी ८ वटा प्रदेश कमिटी छन्। ७ वटा प्रदेश कमिटीको अधिवेशन सम्पन्न भएको छ।

सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशन आइतबारदेखि सुरु हुँदैछ।

Ads

सम्बन्धित पोष्टहरू