Ads

ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा बज्राचार्य 


ललितपुर । उद्योग व्यवसायीहरूको संस्था ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा विश्वराज बज्राचार्य निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा उहाँले छ सय ४६ मत प्राप्त गरेका थिए  ।

वरिष्ठ उपाध्यक्षमा सुशन महर्जन,  उपाध्यक्षमा आपुलाल अवाले (उद्योग समूह) र उपाध्यक्षमा सुनिल शाक्य ९वाणिज्य समूह० र मेशसिंह महर्जन (संस्थागततर्फ) विजयी भए ।

महासचिव र कोषाध्यक्ष पदमा क्रमशः भूमिनन्द कर्माचार्य र राजु महर्जन निर्वाचित भएको छ । हरेक तीन वर्षमा सङ्घको नेतृत्व परिवर्तन हुने व्यवस्था  रहेको निवर्तमान अध्यक्ष मनोजबहादुर न्याछ्योले जानकारी गराए ।

Ads

सम्बन्धित पोष्टहरू