Ads

इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्र मन्त्री साउदले सदनमा गराए जानकारी


काठमाडाैँ । इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे परराष्ट्रमन्त्री एनपी साउदले आइतबार सदनलाई जानकारी गराएका छन्।

परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार ४ हजार ५०० नेपाली इजरायलमा केयर गिभरका रुपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा अन्तर्गत गएका थिए ।

कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । सूप विश्विद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए ।

नेपाली दूताबासका अनुसार गाजा क्षेत्र नजिक रहेको त्यो क्षेत्रमा हमास समूहबाट आक्रमण भएको छ । मन्त्री साउदका अनुसार १७ जना नेपालीमध्ये २ जना सकुशल छन् भने तीन जनाको स्थानीय अस्पतामा उपचार भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू