काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्यालय शिक्षा विधयेकको बचाउ गरेका छन् ।
विद्यालय शिक्षा विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै आइतबार प्रतिनिधि सभामा मन्त्री राईले जिल्ला समन्वय समिति रहँदासम्म जिल्ला संरचना रहने बताए।
‘स्थानीय तहमा तीन निकाय छन्- गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति,’ उनले भने, ‘जिल्ला समन्वय समिति रहँदासम्म जिल्ला उल्लेख गर्नेबित्तिकै संघीयताविरोधी भयो भन्नुपर्ने अवस्था हो भन्ने मलाई लाग्दैन।’
विद्यालय शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग ब्युँताउने प्रस्ताव गरिएको छ। स्थानीय तहले यो प्रस्ताव विरोध गरिरहेका छन्।
शिक्षाका अधिकार संघ, प्रदेश र स्थानीय तहमै रहने उनले बताए। ‘प्रदेशले अधिकार पाएन भन्ने राय आएको छ। अहिले पनि प्रदेशलाई केही अधिकार दिइएको छ। दफावार छलफलमा मिलाउनुपर्ने भए गर्न सकिन्छ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्