Ads

महिलाद्वारा सञ्चालित सानाकिसानद्वारा सम्मान र पुरस्कार


लखनपुर\ झापाको कमल गाउपालिका ६ स्थीत लखनपुर साना किसान कृषि सहकारी संस्था लि.को १०औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाको कार्यालयमा सञ्चालक समितिका अध्यक्ष तिलरुपा बास्तोलाको अध्यक्षता साधारणसभा सम्पन्न भएको हो ।

कमल गाउपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थामा १ हजार ८ सय ८९ जना सदस्य रहेको र कारोबार १९ करोड ७ लाख ९ सय १८ रहेको जानकारी गराईएको थियो ।संस्थाको साधारणसभामा कार्यक्रममा प्रमुख अतिथी राईले महिलाहरुद्वारा संचालित संस्थाले कृषि र कृषिजन्य व्यवसाय प्रवद्र्धनमा पु¥याएको भुमिका सह्रानिय रहेको बताए । स्थापनाका छोटो समयमा नै संस्थाले आफ्नै भवनमा कारोबार सुरु गरेकोमा बधाई दिदै उनले संस्थाले कृृषि र पशुपालनको क्षेत्रमा कार्यक्रम गर्न चाहेमा गाउपालिकाको साथ र सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा गाउपालिका उपाध्यक्ष प्रमिला न्यौपाने, वडा नं. ६ का अध्यक्ष नरेन्द्र भट्टराई,नेपाल कृषि सहकारी संघका उपाध्यक्ष मिना ढकाल,कृषि विकाश शाखा प्रमुख महेन्द्र बोहोरा,कृषि सहकारी जिल्ला संघका सचिब भुपराज लुइटेल,वडा नं. ५ का वडा सदस्य श्री चन्द्रकला सुब्बा, संस्थाका सल्लाहाकार संयोजक बेनु प्रसाद सिवाकोटी लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले संस्थाको हालको प्रगतिका बिषयमा प्रशंसा गर्दै यो बिषम परिस्थितीमा समेत संस्थाले सदस्यको आवश्यकतामा कति पनि कमि आउन नदिई दिएको सेवाको लागि धन्यवाद व्यक्त गरेका थिए । संस्थाका उपाध्यक्ष शोभादेवी उप्रेतीले शुभकामना मन्तब्य राखेको कार्यक्रम संस्थाका प्रबन्धक टंकप्रसाद पराजुलीले सञ्चालन गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने ३१ जना सदस्य,४ वटा समुहलाई पुरस्कार वितरण गरिएको थियो भने कक्षा १२ र एस.ई.ई.मा सामुदायिक बिद्यालयबाट उत्कृष्ठ अंक ल्याउने ४ जना छात्राछात्रालाई समेत सम्मान गरिएको थियोे ।

संस्थाले आर्थिक वर्ष २०७९÷०८० मा ६२ लाख ११ हजार १ सय १५ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको संस्थाका प्रवन्धक पराजुलीले जानकारी दिए । यस्तै संस्थाले सदस्यलाई ९.६५ प्रतिशतका दरले शेयर बोनस वितरण गर्ने प्रस्ताब पारित गरेको छ । यसका साथै संरक्षित पूँजी फिर्ता कोष मार्फत कारोबारका आधारमा ६ प्रतिशत संरक्षित पूँजी फिर्ता गर्ने प्रस्ताव पारित भएको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू