धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वका शुरु भएको अधिवेशनको वन्द शत्र सञ्चालनमा ढिलाई भएको छ । सहमतिका लागि भन्दै नेताहरुले छलफल अघि बढाएकाले बन्द शत्र सञ्चालनमा ढिलाई भएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएपछि नेताहरु सहमतिको प्रयामा लागेका हुन् ।
ओली पार्टी महासचिव शंकर पोखरेललाई अधिवेशनको अभिभारा दिएर काठमाडौं फर्किएका थिए । ओली फर्किएपछि महासचिव पोखरेलले सहमतिको वातावरण बनाउन नेताहरुसँग छलफल गरिरहेका छन् ।
धनगढीको रुवस होटलमा बसेका पोखरेलले आइतबार नेताहरुसँग छलफल गर्न थालेपछि आइतबार साँझ बन्द सत्र सुरु हुन सकेन ।
एक नेताकाअनुसार पार्टी अध्यक्ष ओलीले काठमाडौं फर्किनुअघि अध्यक्षका तीन जना आकांक्षी र नेताहरुलाई राखेर सहमति गरेर अघि बढ्न निर्देशन दिएका थिए ।
उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममासमेत ओलीले सहमति गरेर नेतृत्व चयन गर्न भनेका थिए ।
अध्यक्षमा आकांक्षा राखेका कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहलाई सँगै राखेरसमेत ओलीले नेतृत्वको निर्देशन पालन गर्न भनेका थिए ।
तीन जना आकांक्षी मध्ये एक जनालाई केन्द्रीय कमिटीमा पठाउने र दुई जनालाई प्रदेश कमिटीको पदाधिकारी हुने गरी व्यवस्थापन गर्न सकिने विकल्पमा छलफल चलिरहेको नेताहरु बताउँछन् ।
बन्द सत्र आज बिहान ८ बजेदेखि सुरु गर्ने तय गरिएको थियो । तर, नेताहरू सहमतिको प्रयासमा लागेपछि सुरु हुने अनिश्चित भएको छ ।
प्रतिक्रिया दिनुहोस्