Ads

आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि प्रहरीकाे लाठीचार्ज


काठमाडौं । आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

संघीय निजामती विधेयकलाई लिएर आन्दोलनरत कर्मचारीले निशेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । त्यसक्रममा केही घाइते भएका छन् ।

प्रहरीले स्थानीय तहका कर्मचारीमाथि लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा पनि हानेको थियो । प्रहरीको बल प्रयोगबाट केही कर्मचारी घाइते भएका छन् ।

संघीय निजामती सेवा विधेयकका कतिपय व्यवस्था संशोधन गर्न माग गर्दै कर्मचारीहरू पछिल्लो केही दिनयता आन्दोलित छन् । प्रदर्शनमा उत्रिएका कर्मचारीहरूले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्न माग गरेका छन् ।

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले स्थानीय सेवाका कर्मचारीलाई ट्रेड युनियन अधिकार प्रदान गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाअन्तर्गत नै हुनुपर्ने पनि माग अघि सारेको छ ।

Ads

सम्बन्धित पोष्टहरू