Ads

कानुन समितिको बैठक बहिष्कार गर्ने सांसद सुनिल शर्माको चेतावनी


काठमाडाैँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बहिष्कार गर्ने चेतावनी दिएका छन् । ।

संक्रमणकालीन न्यायसम्बन्धी छलफल गर्ने समितिको सभापति माओवादी केन्द्रको सांसद बन्न नहुने र सभापतिले सभापतित्व नछोडे बैठक बहिष्कार गर्ने चेतावनी सांसद शर्माले दिएका हुन् । कानुन समितिको सभापति माओवादी केन्द्रकी सांसद विमला सुवेदी हुन् ।

मंगलबार कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा टीआरसी विधेयकमाथि छलफल गर्ने संसदीय समितिमा उनले माओवादीबाट सभापति रहेकोले स्वार्थ बाझिएको टिप्पणी गरे ।

यसबारे सम्बोधन नभए नोट अफ डिसेन्ट लेख्नेदेखि टीआरसी विधेयकमाथिको छलफल बहिष्कार गर्ने उनले चेतावनी दिए ।

 

 

Ads

सम्बन्धित पोष्टहरू