काठमाडौं\ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ ।
इजरायल र प्यालेस्टाइनबीच अहिले देखिएको तनावका कारण महासचिव गुटरेसको नेपाल भ्रमण हालका लागि स्थगित भएको र निकट भविश्यमा उनको नेपाल भ्रमण हुने परराष्ट्र सचिव भरत पौडेलले जानकारी दिएका छन् ।
यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाँदा महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।
प्रथम र दोस्रो महासचिव क्रमशः ट्रेज ली र ड्याग ह्यामरसोल्डबाहेक राष्ट्रसंघका ६ पूर्वमहासचिवले नेपालको भ्रमण गरेका छन्।
प्रतिक्रिया दिनुहोस्