स्याङ्जा, वालिङ नगरपालिकाले पाँच हजार डलर रकमको ‘एसिया प्यासिफिक स्यानिटेशन एक्सिलेन्स अवार्ड २०२३’ पाउने भएको छ । एसिया प्यासिफिक क्षेत्रका संयुक्त नगरहरूको स्थानीय सरकारहरूको समूह युसिएलजी–एसियाप्यासिफिकबाट वालिङ उत्कृष्ट नगरको रूपमा सम्मानित हुने लागेको हो ।
अक्टोबर ६ मा युसिएलजी–एसिया प्यासिफिकका महासचिव डा बेर्नाडिया इरावती टीजन्द्रावतीले नगर प्रमुख कृष्ण खाँणलाई पत्र मार्फत वालिङ नगरपालिकाले अवार्ड दिईने जानकारी आएको जनाए।
नगरप्रमुख कृष्ण खाँणले एसिया प्यासिफिक क्षेत्रका नगरपालिकाहरु मध्ये वालिङ उत्कृष्ट नगरपालिकाको रूपमा घोषित भएको बताएका छन् ।उनले नगरपालिकाले फोहोर मैला व्यवस्थापनमा गरेको कामको मूल्याङ्कन गर्दै युसिएलजीले वालिङलाई उत्कृष्ट नगरपालिका घोषणा गरेको पनि जानकारी दिए।
नगरप्रमुख खाँणले नगरपालिकाले नगरभित्र उत्सर्जन हुने विभिन्न प्रकृतिका फोहोर मैला सही व्यवस्थापन गरी फोहोरलाई मोहरमा रूपान्तरण गर्ने अभियानले सार्थकता पाएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्