Ads

द्वन्द्वकालमा विस्थापित हाट पुनः लगाउने तयारी


दमक\ झापाको दक्षिणी क्षेत्र सेतुमारीमा साप्ताहिक रुपमा हाट वजार लाग्ने भएको छ । वडादशैको अवसर पारेर दमक १० स्थित सेतुमारीमा आगामी कातिक २ गते बिहिबारका दिनदेखि साप्ताहिक हाट वजार लाग्ने भएको र आवश्यक तयारी भईरहेको वडाअध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

उनका अनुसार वजारमा स्थानीय कृषि उत्पादन तथा पशु  किनबेचसहितका वजार लगाउन तयारी गरिएको छ । उनले सो बजारमा आफ्ना कृषि तथा पशुजन्य उत्पादनहरु खरिद बिक्रि गरि बजार प्रर्बद्धनमा सहयोग पुर्याईदिन सबैसंग आग्रह गरे ।

दमक चौंक,वजारदेखि करिव ६ किलोमिटर दक्षिणमा अवस्थित सेतुमारीमा यसअघि पनि विहिबारनै साप्ताहिक लाग्दैआएको थियो । तर, देशमा द्धन्दकालमा ठप्प हुन पुगेको सो हाट पछि सञ्चालन हुन सकेको थिएन् ।

वजारका लागि त्यहाँ वडा तथा नगरपालिकामार्फत आवश्यक टहरा लगायतका संरचना तयार गरिदिएको छ । दमक चौंक,वजारसम्म किनमेल गर्न समस्या हुदैआएकाले अव स्थानीय ठाउँमा नै साप्ताहिक हाटवजार लाग्ने भएपछि यस क्षेत्रका बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्दित हुने स्थानीय नगेन्द्रमणी न्यौपानेले बताए ।

Ads

सम्बन्धित पोष्टहरू