Ads

नाकामा कुकुर सहितको टोली परिचालन


बिराटनगर\ मोरङको बिराटनगर रानी स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच शुरु गरिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी असोज १९ गतेबाट दैनिकरुपमा सिमावर्ती इलाकामा तालिम प्राप्त कुकुरसहित थप कडाइका साथ चेकजाँच शुरु गरिएको हो ।

कोशी प्रदेशको मुख्य नाका रहेको बिराटनगरको जोगवनी तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागूऔषध ओसार पसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिबिधी नियन्त्रणको लागि दुई वटा तालिम प्राप्त कुकुरसहितको प्रहरीले टोलीद्वारा सिमा नाकामा आवत जावत गर्ने शंकित ब्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाईका साथ चेकजाँच गरिदै आएको छ ।

Ads

सम्बन्धित पोष्टहरू