Ads

एमाले सुदुरपश्चिमको अधिवेशनमा अध्यक्षका प्रत्यासी तिमल्सिना पछि हटे


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सुदुरपश्चिम प्रदेशमा जारी अधिवेशनमा अध्यक्षको प्रत्यासी रहेका कमल तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन् । तिमल्सिनाले आफू अध्यक्षको दाबीबाट पछि हट्दै अर्का प्रत्यासी कृष्णप्रसाद जैसीको नाममा सहमतिको वातावरण बनाउन लागि पहल गरेका छन् ।

प्रदेश कमिटीको उपाध्यक्ष रहेका तिमिल्सिनाले सहमतिबाट नेतृत्व चयनका लागि आफू पछि हटेको बताए । “सहमतिबाटै नेतृत्व चयनको प्रयास भएको छ । त्यसकै लागि मैले नेतृत्वको दाबी फिर्ता लिएको हुँ,” उनी भन्छन्, “कृष्णप्रसाद जैसीका नाममा सहमतिका लागि मैले छाडेको हुँ ।”

स्थायी कमिटी सदस्य कर्ण थापाको साथ पाएका कृष्णप्रसाद जैसीलाई अध्यक्ष बनाउने गरी नेताहरू छलफलमा जुुटिरहेका छन् । तर, पूर्वउपाध्यक्ष भीम रावल पक्षको साथ पाएका भरत साउद र सचिव लेखराज भट्टको साथ पाएका बचनबहादुर सिंह चुनावको माग गरिरहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू