Ads

इजरायलमा रहेका नेपाली विद्यार्थीलाई लिन परराष्ट्रमन्त्री आफैं जाने


काठमाडाैँ । नेपाली विद्यार्थी लिन परराष्ट्र मन्त्री एनपी साउदसहित नेपाली विद्यार्थीलाई इजरायल जाने भएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले परराष्ट्र मन्त्री साउद नेतृत्वको टोली नेपाली विद्यार्थी लिन इजरायल जाने निर्णय भएको बताए।

बुधबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री रिजालले परराष्ट्र मन्त्री नै इजरायल जाने बताए।

इजरायलमा रहेका नेपालीहरूमध्ये २८८ जनाले स्वदेश आउन आवेदन दिएका छन्।

नेपाल वायु सेवा निगमको जहाज आज राति इजरायल जाँदैछ।

Ads

सम्बन्धित पोष्टहरू