Ads

नेपालीलाई लिन गएको नेपाल एयरलाइन्सको विमान तेलअभिभमा अवतरण


काठमाडाैँ । इजरायलमा रहेका नेपालीहरूलाई लिन गएको नेपाल एयरलाइन्सको विमान तेल अभिभमा अवतरण गरेको छ ।

नेपाल एयरलाइन्सको विमान नेपाली समयाअनुसार दिउँसो २ बजे तेल अभिभमा अवतरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौंबाट बिहीबार बिहान साढे ३ बजे उडेको नेपाल एयरलाइन्सको विमान दुबईलाई ‘टान्जिट’ बनाएर इजरायल पुगेको हो । नेपाल फर्किने चाहने नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद पनि गएका छन् ।

इजरायलको समय अनुसार राति सवा ९ बजे काठमाडौंका लागि प्रस्थान गर्ने परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू