Ads

इजरायलबाट २५० जना नेपाली विमान चढे


काठमाडौं । युद्धग्रस्त इजरायलबाट २५० जना नेपाली घर फर्किएका छन् ।

नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन् ।

नेपाली विद्यार्थी ल्याउनको लागि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली गएराति इजरायल प्रस्थान गरेको थियो ।

इजरायल र गाजाबीचको युद्धका कारण इन्टर्नसीप गर्न इजरायल पुगेका नेपाली विद्यार्थीहरू स्वदेश फर्किन लागेका हुन् । स्वदेश फर्किनका लागि ३०० भन्दा बढी नेपालीले अनलाइन आवेदन दिएका छन् ।

इजरायलमा समस्यामा परेका नेपालीहरूको जहाज चार्टड गरेर नेपाल ल्याउने निर्णय सरकारले गरेको थियो । सोही आधारमा पहिलो चरणमा आज राति नेपाल आइपुग्न लागेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू