Ads

कोशीको मुख्यमन्त्रीमा माओवादी नेता आङ्बोको दाबी पेश


काठमाडौं ।कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले दाबी पेस गरेका छन् ।

बिहीबार अपराह्न आङ्बोले मुख्यमन्त्री पर्शुराम खापुङसमक्ष बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका हुन् । मुख्यमन्त्रीमा दाबी पेस गर्दा आङ्बोले कांग्रेसका सांसदहरूको पुरानै हस्ताक्षर प्रयोग गरिएको छ ।

उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको हस्ताक्षरबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

बिहीबार नै नेपाली कांग्रेसका नेता केदार कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू