Ads

एमाले सचिव पौडेलको निधन, अधिवेशन रोकियो


बारा\ नेकपा एमाले मधेस प्रदेशका सचिव एवं बाराको जीतपुरसिमरा उपमहानगरका पूर्व मेयर डा.कृष्ण पौडेलको निधन भएको छ । प्रेस चौतारी नेपालका सचिव एवं मधेस प्रदेश इन्चार्ज कमल उपाध्यायका अनुसार करिब ४८ वर्षका पौडेल आफ्नै घरमा मृत फेला परेका हुन् ।

केही समय अघि देखि विभिन्न रोगले चापेका पौडेल स्वास्थ्यका कारण अधिवेशनमा सहभागी भएका थिएनन् । दिउसोसम्म पनि घरको ढोका नखुलेपछि आफन्त र प्रहरीले ढोका फोडेर हेर्दा पौडेल मृत अवस्थामा भेटिएका थिए । पौडेलको निधनका कारण मधेस प्रदेशका जारी अधिवेशन स्थगित भएको छ ।

बाराका एसपी कृष्ण काफ्लेका अनुसार आफन्तले खबर गरेपछि प्रहरीले पौडेलको चेन गेट खोलेर हेर्दा घरको माथिल्लो तलामा मृत अवस्थामा भेटिएका थिए । उनलाई घोप्टो परेको अवस्थामा भेटिएको काफ्लेले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको एसपी काफ्लेले जानकारी दिनुभयो ।

Ads

सम्बन्धित पोष्टहरू