Ads

बाँचेका त आए, मरेका कहिले ?


काठमाडौ\ इजरायलमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शव ल्याउन ढिलाई हुने भएको छ । कानुनी प्रक्रिया पूरा गरेपछि मात्र ल्याउनु पर्ने भएकाले ढिलाईहुने भएको हो । इजरायलबाट २५४ नेपाली विद्यार्थी ल्याएर शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा अवतरणपछि पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले यस्तो जानकारी दिएका हुन् ।

उनले भने, ‘अहिले धेरै शवहरू छन्, रुजु गर्ने काम भइरहेको जानकारी हामीलाई दिइएको छ । कानुनी प्रक्रिया पूरा गरेर शव हस्तान्तरण गरेपछि हामी ल्याउँछौं ।’उनले इजरायलबाट शव ल्याउन समस्या नरहेको जनाएका छन् । उनले यसका लागि केही समय धैर्य गर्नै अनुरोधसमेत गरेका छन् । उनले शव ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि जानकारी दिए ।

हमास समूहको आक्रमणमा परेर गत शनिबार (असोज २० गते) १० नेपालीले ज्यान गुमाएका थिए । एकजना बेपत्ता छन् भने तीनजनाको इजरायलमै उपचार भइरहेको छ ।

हमासको आक्रमणबाट बाँच्न सफल भएका नेपाली विद्यार्थीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ आफन्त देखेसँग भक्कानिएका छन् । इजरायलमा फसेका विद्यार्थी लिनका लागि परराष्ट्रमन्त्री एनपी साउद स्वयं पुगेका थिए । २५४ विद्यार्थी बोकेको नेपाल एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गर्नुअघि नै आफन्तजन पुगेका थिए । विमान शुक्रबार बिहान २स्३७ मा अवतरण गरेको थियो ।

विमानस्थलमा आएका आफन्तजन र विद्यार्थीका आँखाभरी टिलपिलाउँदै अंकमाल गरेका थिए । विमानस्थलको त्यो माहोल केहीबेर भावुक बनेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू