Ads

प्रतिनिधि सभाको बैठक कार्तिक १२ गतेसम्मका लागि स्थगित


काठमाडौं । प्रतिनिधिसभा बैठक कार्त्तिक १२ गतेसम्मका लागि स्थगित भएको छ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कार्तिक १२ आइतबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

आजको बैठकले बिद्युत विधेयक २०८० संसदीय समितिमा दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत गरेको छ । यस्तै विभिन्न कारणले १० भन्दा बढी बैठक अनुपस्थित हुने सांसदहरुको अनुपस्थितिको सूचना पनि स्वीकृत भएको छ ।

बैठकमा सांसदहरूले चाडपर्वको मुखमा बढ्दै गएको कालोबजारी नियन्त्रणलगायत इजरायलमा फसेका स्वदेश फर्कन चाहने नेपालीहरूको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

यस्तै सांसदहरूले शिक्षकका समस्या, स्वास्थ्यकर्मीका समस्या सम्बोधन गर्न र डेङ्गु सङ्क्रमण रोक्न समयमै ठोस प्रयत्न गर्न सरकारसँग आग्रह गरेका थिए।

Ads

सम्बन्धित पोष्टहरू