काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री प्रकरणले सत्तागठबन्धनलाई धक्का दिएको छ । पार्टी केन्द्रकोसमेत निर्णयलाई अस्वीकार गरी प्रदेशका सांसद केदार कार्की नेकपा (एमाले)को समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि समग्र गठबन्धनलाई धक्का लागेको हो ।
देश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि कार्की शनिबार बिहान प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
संविधानको धारा १६८ को उपधारा ९५० अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि राजीनामा दिएका थिए । प्रदेशसभामा रहेका ९३ सांसदमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । कार्कीले काँग्रेसका ८ सांसद लिएर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
प्रतिक्रिया दिनुहोस्