काठमाडौं । नागकिर उड्ययन प्राधिकरणले मनाङ एयरको हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाएको छ । मनाङ एयरका होलिकोप्टर लगातार दुर्घटना भएपछि प्राधिकरणले उडानमा प्रतिवन्ध लगाएको हो ।
जुलाई ११ मा (एन–एएमडब्ल्यू र आज (एन–एएनजे कल साइनका हेलिकोप्टर दुर्घटना भएका हुन् । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलाई फिस्टेल एयरको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ । लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट प्रकाशकुमार सेढार्इं मात्र रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्