काठमाडौँ–नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज प्युठान जाँदै छन् । अध्यक्ष ओली आज २८ वर्षपछि प्युठान जान लागेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत आफू आज प्युठान जान लागेको जानकारी दिएका छन् । उनले लेखेका छन्, , ‘स्वर्गजस्तै स्वर्गद्वारी १ आज वडा दसैँको घटस्थापनाको दिन पनि हो । दिउँसो प्युठान जाने तयारीमा छु, त्यता भेटौँ है , शुभ बिहानी ।’
यस्तै प्युठानबाट निर्वाचित एमाले सांसद सूर्य बहादुर थापाले अध्यक्ष ओलीले स्वर्गद्वारी मन्दिरको दर्शन गर्ने जनाएका छन् । उनका अनुसार अध्यक्ष ओलीले जिल्लास्तरीय अगुवा नेता कार्यकर्ता भेलालाई सम्बोधन गर्ने र नौवहिनी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्