काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा विधिवत रुपमा जमरा राखिएको छ ।
आइतबारदेखि विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन आज दसैं घरमा विधिवतरुपमा ११ः२९ को शुभ साइतमा जमरा राखिएको हो ।
दसैँघरमा जमरा राख्ने क्रममा नेपाली सेनाको ब्याण्ड बाजाटोलीले मंगल धुन बजाएको छ। त्यसक्रममा नेपाली सेनाले बन्दुक पड्काएर बढाइँ गरेको छ।
दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गर्ने परंपरा छ।

प्रतिक्रिया दिनुहोस्