काठमाडाैँ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले शपथ लिएका छन्।
आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ गराएका हुन् ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
नेपाली कांग्रेसका शमशेर राई र नेकपा (एमाले)का राम रानालाई मन्त्रीमा नियुक्त गरिएको छ । उनीहरूले पनि शपथ लिएका छन् । दुवै मन्त्री हाल बिनाविभागीय छन् ।
कांग्रेसका आठ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्