Ads

अब ढुक्कले दशैं मनाउन पाईने


काठमाडौ\ अघिल्ला वर्षहरुको तुलनामा केहि दिन विते पनि मनसुन नबाहरिँदा दशैको मुखका सर्वसाधारणमा चिन्ता थियो । बहुसंख्यक नेपालीहरुको मुख्य पर्व दशैं झरी र हिलोमा मनाउनु पर्ने हो कि भन्ने चिन्ता कायमै रहेका बेला मनसुन बाहिरिएको छ । अब ढुक्कले दशैं मनउान सकिने भएको हो । नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मन्सुन आजदेखि बाहिरिएको हो ।

जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको हो । यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । यही असोज १९ गतेदेखि मनसुन क्रमिक रूपमा बाहिरिन सुरु गरेको थियोे ।

यसैबीच पश्चिमी न्यून चापीय प्रणालीको कारणले भोली सोमबारदेखि नेपालको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू