काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलालीमा कालोझण्डा देखाइएको छ । समाजवादी मोचाएले कैलालीको धनगढीमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्न त्यसतर्फ गएका प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा देखाइएको हो ।
प्रधानमन्त्री प्रचण्ड आज र कैलालीको लम्कीमा माओवादी सुदूूरपश्चिमका उपाध्यक्ष कृष्ण बडुवालको श्रद्धाञ्जली सभामासमेत सहभागि भएका थिए । उनलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठन नेपालले कालोझण्डा देखाएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्