Ads

४० वर्ष पछि भारु सटही शुरु


इलाम, असोज २९ गते । करिब ४० वर्षयता बन्द भएको भारतीय रुपियाँ सटहीको काम पुनः सुरु भएपछि इलामको पशुपतिनगर क्षेत्रका स्थानीय खुशी भएका छन् । यसअघि भारतीय रुपियाँ साटेर नेपाली रुपियाँ बनाउन नपाउँदा पूर्वी सीमावत्र्ती क्षेत्रका नागरिकले समस्या झेल्दै आएका थिए ।

भारतीय रुपियाँको कारोबार बढेपछि त्यसलाई साटेर नेपाली रुपियाँ बनाउन नेपालीले नै थप रकम खर्च गर्नुपरेको थियो । वर्षौंदेखिको भारतीय रुपियाँ सटहीको समस्या सुल्झाउन महाप्रसाद अधिकारीले सटही काउन्टर राख्न निर्देशनसँगै राष्ट्रिय वाणिज्य बैंक पशुपतिनगरमा सटही काउन्टर सुरु भएको जनाइएको छ ।

अहिले नेपालीका लागि प्रतिव्यक्ति दैनिक तीन हजार रुपियाँ र भारततर्फबाट आउने पर्यटकलाई प्रतिव्यक्ति दैनिक पाँच हजार रुपियाँ सटही सुविधा दिन थालिएको पशुपतिनगरस्थित राष्ट्रिय वाणिज्य बंैकका प्रमुख राजन चौंलागाईलेजानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू