Ads

एमालेनिकट युवा संघले २ लाख राशिको पब्जी खेल आयोजना गर्दै


काठमाडाैँ । नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघ नेपालले कार्तिक २५ देखि पब्जी प्रतियोगिता गर्ने भएको छ ।

युवा संघअन्तर्गतको साइबर सर्कल नेपालले पब्जी खेल आयोजना गर्न लागेको संयोजक अजित लामाले जानकारी दिए।

‘हामीले युवा पुस्तामा लोकप्रिय बनेको अनलाइन गेम पब्जीको आयोजना गर्न लागेका हौं। पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय मञ्चमा राम्रो प्रदर्शन पनि गरेको छ,’ लामाले भने।

साइबर सर्कलले मंगलबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको जानकारी दिएको हो।

कात्तिक २५ गते आयोजना खेलमा पहिलो हुनेले दुई लाख, दोस्रो हुनेले एक लाख र तेस्रो हुनेले ५० हजार रूपैयाँ प्राप्त गर्ने छ। उत्कृष्ट क्षमता प्रदर्शन गर्ने खेलाडीलाई २५ हजार रूपैयाँ प्रदान गरिने लामाले जानकारी दिए।

‘नेपालबाट मात्र नभई विदेशबाट पनि आवेदन दिन सकिने छ। ४ जनाको एउटा समूह हुने छ। विदेशबाट आवेदन दिँदा एक जना नेपालको अनिवार्य त्यो समूहमा रहनुपर्ने छ,’ उनले भने।

साइबर सर्कल सेन्टर नेपालको फेसबुक पेजमार्फत् आवेदन खुला गरिने पनि उनले जानकारी दिए।

‘डार्क जोन इस्पोर्टस्ले प्रतियोगिताको समन्वय गर्ने छ। डार्क जोनले यसअघि पनि यस्ता प्रतियोगिता आयोजना गरिसकेको छ,’ उनले भने।

Ads

सम्बन्धित पोष्टहरू