काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुस्ताङ पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरबारे हुने एक कार्यक्रममा सहभागी हुन मुस्ताङ पुगेका छन् ।
जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड आज बिहान मुस्ताङ पुगेको बताइएको छ ।
मुस्ताङमा रहँदा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्