काठमाडाैँ । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मागेको विश्वासको मतमाथि विभाजन सुरू भएको छ।
मुख्यमन्त्री कार्कीलाई एमाले, कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपाले विश्वासको मत दिने भएका छन् । राप्रपाले भने विश्वासको मत नदिने जनाएको छ ।
कार्की कोशी प्रदेशको दोस्रो प्रदेशसभाको तेस्रो (पाँचौं पटकको मुख्यमन्त्री) मुख्यमन्त्री हुन् । उनी गत शनिबार नियुक्त भएका हुन् ।
एमालेका ३९ र कांग्रेसका विद्रोही ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री भएका हुन् । यद्यपि गठबन्धन दलले पनि उनलाई समर्थन गर्दै विश्वासको मत दिने भएको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्