काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ४० रन बनाएको थियो ।
काठमाडौँको मुलपानीस्थित क्रिकेट मैदानमा जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १८.५ ओभरमा तीन विकेट गुमाएर एक सय ४४ रन बनाउँदै विजयलक्ष्य पार गर्यो । नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित ५१ र दीपेन्द्रसिंह ऐरीले अविजित ३४ रनको योगदान गरे ।
प्रतिक्रिया दिनुहोस्