Ads

गाजा आक्रमणको भत्र्सना


काठमाडौं \नेकपा एमालेले मंगलबार राति प्यालेस्टानी राज्यको गाजा सहरमा भएको आक्रमणको भर्त्र्सना गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार वक्तव्य जारी गर्दै गाजा सहरको अलअहरी अरब अस्पतालमा भएको आक्रमणमा परी अस्पतालमा उपचार गराइरहेको बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामी कुरुवा(आफन्त र अस्तापाल परिसरमा शरण लिइरहेका नागरिक गरी पाँच सयभन्दा बढी मारिएको खबरले स्तब्ध भएको जनाएका छन् ।

उनले एमाले शान्तिको पक्षमा रहेकोले जुनसुकै खालको द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्नेमा जोड दिनुपर्ने उल्लेख गरेका छन् । अमानवीय आक्रमणबाट अन्तराष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएकोले यसप्रकारका सबैखले आक्रमण रोक्न एमालेले सम्बन्धित पक्षलाई आव्हान समेत गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू