Ads

कस्तो रहने छ, गुटेरसको नेपाल भ्रमण तालिका ?


काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आउँदैछन् । यही कात्तिक १२ देखि १५ गतेसम्म महासचिव गुटेरेस नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् ।

बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको औपचारिक नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको हो ।

यसअघि गत असोज २६ गतेदेखि नेपाल भ्रमण गर्ने तय भएको महासचिव गटेरेसको भ्रमण स्थगित भएको थियो । गत भदौ २९ गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका भ्रमणमा जानुभएको बेला महासचिव गुटर्रेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू