Ads

आजको विदेशी मुद्राको विनिमय दर


काठमाडाैं । कात्तिक २२ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ०८ पैसा र बिक्री दर १४२ रुपैयाँ ७३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ५५ पैसा र बिक्री दर १६४ रुपैयाँ २९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?

Ads

सम्बन्धित पोष्टहरू