Ads

यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारत र पाकिस्तानको समूहमा


काठमाडाैँ । एसीसी यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा नेपाल र पाकिस्तान भिड्ने भएका छन्।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार एसिया कपको उद्घाटन खेलमा भने भारत र अफगानिस्तान भिड्नेछन्।
नेपालसहित समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन्। अर्को समूहमा बंगलादेश, श्रीलंका, युएई र जापान छन्।

नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर २२ मा दुबईको आइसिसी एकेडेमी ओभल-२ मा खेल्नेछ।

दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ।

समूहका दुई शीर्ष टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुस १ मा हुनेछ।

नेपालले सन् २०२४ को जनावरीमा श्रीलंकमा यू-१९ विश्वकप खेल्दैछ। त्यसअघि नेपालले एसिया कप खेल्न लागेको हो।

Ads

सम्बन्धित पोष्टहरू