Ads

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक


काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ६ गते पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको सचिवालय बैठकले मंसिर ६ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

यसअघि कैलालीको धनगढीमा केन्द्रीय कमिटी बैठक आयोजना गर्ने तयारी गरे पनि आवश्यक तयारी नपुगेपछि पार्टी कार्यालयमै बैठक बोलाइएको उनको भनाइ छ। त्यस्तै भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक खटाउने निर्णय गरेको छ।

त्यस्तै मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्गमा ‘झुलाघाट-चिवा भन्ज्याङ’ अभियान गर्ने निर्णयसमेत एमाले सचिवालय बैठकले गरेको छ।

Ads

सम्बन्धित पोष्टहरू