Ads

स्रोत नखुलेको भारतीय रुपैयाँसहित झापाबाट एक जना पक्राउ


काठमाडौँ । स्रोत नखुलेको भारतीय रुपैयाँसहित झापाबाट एक जनालाई पक्राउ गरेको छ । स्रोत नखुलेको तीन लाख भारतीय रुपैयाँभन्दा बढी बोकेर नाकाबाट आउँदै गरेको अवस्थामा भारतीय नागरिक जैनुल हक पक्राउ गरेका हुन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजनाअनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगरस्थित भन्सार गेटमा ६२ वर्षीय भारतीय नागरिक जैनुल हकलाई पक्राउ गरेको हो ।

नाकामा जाँच गर्ने क्रममा उनको साथमा भारतीय ५ सय रुपैयाँको नोट ५ सय थान, २ सयको नोट २ सय थान र १ सयको नोट ३ सय थान गरी जम्मा ३ लाख २० हजार रुपैयाँ फेला परेको थियो । रकमसहित आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले उल्लेख गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू