काठमाडाैँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दाको अन्तिम सुनुवाइका लागि न्यायाधीश केशव घिमिरेको इजलासमा पेसी तोकिएको छ।
नाबालिग बलात्कार मुद्दाको फैसला गर्न पटकपटक पेसी तोकिए पनि विभिन्न कारण सुनुवाइ मिति सरिरहेको थियो। यस्तोमा बिहीबार न्यायाधीश घिमिरेको इजालसमा पेसी चढेको हो।
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दा बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ ।
सो मुद्दामा चाँडो सुनुवाइ गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश भए पनि काठमाडौं जिल्ला अदालतमा पटक–पटक पेसी स्थगित हुँदै आएको थियो ।
जिल्ला न्यायाधीश घिमिरेको इजलासमा सन्दीपविरुद्धको मुद्दा आज पाँचौँ नम्बरमा छ । गएको असोजमा सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ तीनपटक स्थगित भएको थियो । असोज १, ७ र २५ गते सुनुवाइ स्थगित भएको थियो । अदालत प्रशासनले तीनपटक नै न्यायाधीश अभावलाई कारणका रूपमा प्रस्तुत गरेको थियो ।
बलात्कार भएको हो/होइन भन्ने विवादको यो मुद्दामा सन्दीप पक्षले बालिकाको उमेरमा प्रश्न उठाउँदै जन्ममिति यकिन गर्न माग गर्दै आएको छ । सामान्यतः नागरिकतामा उल्लेख जन्ममिति मान्ने अभ्यास छ । तर, न्यायाधीशबाट पटक–पटक बालिकाको जन्ममिति यकिन गर्ने आदेश भएका छन् ।
प्रतिक्रिया दिनुहोस्