Ads

एन्फा विशेष साधारणसभा :अध्यक्ष हटाउन मतदानकाे तयारी


काठमाडाैँ अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा अन्तर्गत एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान सुरु भएको छ ।
अध्यक्ष नेम्वाङको बर्खास्ती सम्बन्धी निर्णयको छिनोफानो आजै हुने बताइएको छ ।

एन्फाका बहुमत सदस्यले गत भदौमा वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै विभिन्न १९ आरोपसहित अध्यक्ष नेम्वाङसहित महासचिव किरण राईलाईसमेत बर्खास्तीको माग गर्दै एन्फामा निवेदन पेस गरेका थिए । तर, अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्ताव फेस गर्ने निर्णय गर्दै विशेष साधारण सभामा उक्त एजेन्डा लगेका हुन् ।

नेम्वाङको बर्खास्तीको विषयमा आजै विशेष साधारणसभामा मतदान हुनेछ । एन्फा विधान अनुसार अध्यक्षको बर्खास्तीका लागि दुई तिहाइ मत आवश्यक पर्छ । अध्यक्षको बर्खास्तीका लागि कम्तीमा पनि ५८ मत आवश्यक पर्नेछ । एन्फाका कुल १०७ सदस्य (जिल्ला, क्लब, संघ) मध्ये विशेष साधारण सभामा ८७ जनालाई मात्र मताधिकारकाे प्रावधान छ ।

Ads

सम्बन्धित पोष्टहरू