Ads

प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब भूकम्पपीडितलाई दिइने


काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको तलब भूकम्पपीडितलाई दिइने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पपीडितको सहयोगका लागि प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्मले एक महिनाको तलब दिने निर्णय गरेको हो।

‘प्रधानमन्त्रीलगायत मन्त्रिपरिषदका सबै सदस्यहरूले भूकम्पपीडितलाई सहयोग गर्न एक महिनाको पारिश्रमिक दिने भन्ने निर्णय भएको छ,’ सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्।

Ads

सम्बन्धित पोष्टहरू